गजल
छन्द:मन्दाक्रान्ता
म,भ,न,त,त,गु गु
सुत्र:(SSS SII III SSI SSI SS)...
बिश्राम: चार अछ्यर र आठ अछ्यरमा
आँखा जुध्यो,किन किन , मुखाले पग्ली जालि सँगै ।
बेहोशी भो, तन-मन, लगाको उस्को लालि सँगै॥
हाँसो गुञ्ज्यो, वरपर, सबैको सवाल त्याँ चुप् थे ।
बोल्थी पूरै, भएजति, सत्यता मिठा तालि सँगै ॥
हेर्दै मेरा, शरिर ति, नशाले डुबी मोहनीमा ।
लुकामारी, हुन गए, ढँटौरी उही छालि सँगै ॥
शोभा दिन्थे, अंगअंग, मजाले फक्रे मुना सारा ।
आतुर् लाग्यो, छुनुमुनु, फक्रेका उस्का डालि सँगै ॥
No comments:
Post a Comment