Friday 21 November 2014

गजल


यहाँ झुट बोल्नेहरु छन् गफ चुट्नेहरु छन्।
मिलाएर अनुकुल पारी स्वार्थ खुट्नेहरु छन्॥


फोन गर्यो लैनचौरमा पुगे, तर पुग्छन् अन्तै ती ।
भरोसामा बस्ने कसरी अब? आश्था लुट्नेहरु छन्॥


कली युग भन्थे बुढापाकाले , देखी विश्वशारा सबै ।
साँच्चै रैछ बिश्वाश भयो आज,स्वयं टुट्नेहरु छन् ॥


साँचो छैन दुनिया खोजी हेर्दा, मिल्छ ढाँट्ने संसार ।
छक्काएर आफन्त जन सबै, दिमाग् भुट्नेहरू छन् ॥

http//smile-sharmainfo.blogspot.com — with अनिल बराइली 'गरिब चिराग' and 12 others.

No comments:

Post a Comment