Monday, 17 November 2014

गजल

चुलिएको शिखरमा, पर्बतारोहि धेरै छन्!
यौबनले मात्तिएका, नशालु कोहि धेरै छन्!!

...

भेटिंदैंछ शहरमा, कृतिम सौन्दर्यताहरू!
नग्न बस्त्र उत्ताउला, फेसन त्यही धेरै छन्!!

बिदेशिले मान्न थाले, संस्कार बरू नेपालीको!
स्वदेशी ति छाडाहरू, देशका द्रोहि धेरै छन्!!

बजारमा अनुगमन्, हुँदैन भन्छन् हिजो आज!
न त मिल्छ शुद्ध दहि, अशुद्द मोहि धेरै छन्!!

जस्तो कर्म गर्छौ तिमी,मिल्नेछ फल उस्तै यहाँ!
सत्यवादी बिग्य हुन्छ, बिद्वान सहि धेरै छन्!!

http//smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment