Monday 17 November 2014

कबिता


"शुद्दि हराएपछी"

...


बाजको जालमा
पत्तासाफ भएको ईमान्दारिता
लिंडे पुच्छर डोलाऊँदै
आफ्नै अस्तित्व बचाउन
शुद्धताको श्रिखण्ड धसेर
अहोरात्र
बिगत सम्झन्छन्।
तर,
बिगतको निर्णय
उसको मुखमा अड्किएको छ
सायद,
हतारको मुखलप्ज बनेर।

संक्रमित कालकै
शुन्य जस्तो,
पुच्छर पलाएको
जंगली बिषादी लाग्नसक्छ ।
के गर्नु?
समयले छलाङ् मारेपछी,
भुतकालका
भग्नावशेषलाई चक्कर लगाऊँदै
गुज्रिन्छ
भाग्य रेखाहरु।

नजर अन्दाजबाट
चुकेका
स्वप्नशिल सोचको
हृदयघात भएको छ।
त्यहि एक निर्णयबाट
शुद्धि हराएपछी,
भुत-प्रेत कराएपछी,
हुनसक्छ-
"यो शुरुकै खराबी संकेत हो"।
या
जीन्दगिको जीवन चक्र
जहाँ,
कुनै सबुत भेटिंदैन
छ त !
केवल
अभिसापहरु
न वारीको किनारा
न पारीको किनारा
नदी तर्ने
ठूलो आँट र बर्षे भेलहरु
जीवन लछार्न
शरिर पछार्न
टाढैबाट झम्टँदैछन्।

See More

No comments:

Post a Comment