Monday 17 November 2014

गजल

सुख-सुबिधा, भोगीहरु छन्
आफ्नै मनका रोगीहरु छन् ।

...

पैसा मुठ्याई आत्मियता रच्ने
कर्म बिर्सेका ढोंगीहरु छन् ।

सानो कष्टमा अतालिंदै रुने
तन्का भिकारी जोगीहरु छन् ।

प्यान्ट काटेका मुन्द्रे जन-जन्तु
मुर्ख जगल्टे योगीहरु छन् ।

जन-जन्तु= मान्छेको रुप भएका जंगली जनावर
http/smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment