Wednesday 5 November 2014

यस्तै छ यहाँको चलन . . . . . . . .

कस्ले सुन्छ यहाँ ग्यान र गुनको कुरा!
राष्ट्रियता अनि ऐन कानुनको कुरा!!

...

भ्रष्ट छ सम्पत्ति छानबिन आयोग नि !
अख्तियार गर्छ गुलामी धुनको कुरा!!

सानातिना जेल पर्छन् ठूला-ठूला छुट्छन्!
यता निती यस्तै छ अर्को कुनको कुरा !!

सबै पार्टी गुण्डा पाल्छन् शान्ति राख्छु भन्छन्!
लुटपाट बढ्यो चोरी भो सुनको कुरा!!

छैन रोजगार कुनै न त बाँच्ने बाटो!
जागिर् भनि सोध्यो कि नाता खुनको कुरा!!

See More

No comments:

Post a Comment