Wednesday 5 November 2014

गजल

कस्ले भन्छ- रातको, प्रहर हुँदैन?
अँध्यारोमा, उल्लाश, शहर हुँदैन!!

...

बाध्यताले, मोडेर, बिचल्ली पार्दैमा!
मर्ने-बाँच्ने, निश्चित, ठहर हुँदैन!!

शुन्य लाग्ला, भौगोलिक्, आधार स्तम्भ यि!
सुनौला ति, फाँटमा, नहर हुँदैन!!

स्व-बिबेक, चल्छ याँ, स्वतन्त्र बहश!
जबर्जस्ती, कसैको, कहर हुँदैन!!

मर्छ जाली, बिरालो, रिसले चुरेर!
पीडा धोइ, पखाल्ने, जहर हुँदैन!!

लेखिंदै छ, गजल, कबिता भित्तामा!
कुनै छन्द, नमिल्या, बहर हुँदैन!!

अचम्म भो! स्माइल, बुझेर दुनियाँ!
आफ्नै बली, चढौने, रहर हुँदैन!!

See More

No comments:

Post a Comment