Wednesday 5 November 2014

गजल

यहाँ आफ्नैले डस्छन्, सियो बनेर पस्छन्!
चारी हृदय कुना,फाली भएर खस्छन्!!

...

पर्दा अगाडि शान्त, स्वच्छ सुन्दर बनि!
पछि चरित्र भित्र, कालो हालेर धस्छन्!!

स्वार्थ लुकेको हुन्छ, सबै दुनिया तिर!
पुरा नहुँदा आश, ठाडो भिरमा खस्छन्!!

देख्न सकिन्न दोष, करतुत यिनका!
त्यसै कारण होला, आफ्नै जालमा फस्छन्!!

कर्ण प्रिय झैं बन्न, गरि कोसिस ऊच्च!
जोडी मधुर नाता, सब्को मनमा बस्छन्!!

See More

No comments:

Post a Comment