Wednesday 5 November 2014

गजल

जसले सम्मान गर्न जानेको हुन्छ॥
उसले ईज्जत महान ठानेको हुन्छ॥

...

देखाई भ्रामक हुन्छ कहिले काहिँ॥
ठम्याई गलत थ्यो र त तानेको हुन्छ॥

स्वभाब संगत सभ्य हुनाले मात्रै॥
मानब नामको पात्र छानेको हुन्छ॥

जीवन सागर जस्तै संगम भन्छन्॥
बगेको नदिले तट हानेको हुन्छ॥

बिचार बिहिन कुनै कथन भित्र॥
मुर्खले सौन्दर्य आफ्नो मानेको हुन्छ॥

जगाउ मानब धर्म संसार भरि॥
सत्कर्म सबुद्धि तिम्रो धानेको हुन्छ॥

See More

No comments:

Post a Comment