Monday 17 November 2014

कबिता

"सार्क सम्मेलन"

अर्थ न ब्यर्थको...
नपुंसकहरुको भेला
न त कार्यन्वयन
न त उपलब्धि
उहि पुरानै
ढोग अनि नमस्कार
कात्रोले बेरेको
उद्देश्य रहित
कथित रमझम हुनेछ
सार्क सम्मेलन।

सन्तुलन कायम गर्न नसकेर
संबिधानको
घाँटी निचोर्न लागेका
यि स्वाँठहरुले गरेका
अध्यछ्यतामा
के एजेण्डा छ?
एउटा निश्कर्ष नभएका
हुत्तिहारा सरकार
अनि यसका
कुम्भकर्ण सभासद्
आखिर नबिनता के?

पानी छरेको जसरी
कालोपत्रे घसेको
अस्थायी चक्रपथ

सभागृहलाई
त्यस आसपासका
नक्कली सजावटले
एक अरब बराबरको
निश्कासित धनरासिसँग
गिज्याएर
खकार्दै छ,
डकार्दै छ,
भेद खुलाउन।

लाग्दैन
मानब कल्याणको
आवाज बुलन्द हुन्छ।
स्वार्थका
खाकाहरु कोरिने छ ।
सिमितले
झोला भर्नेछन्,
आमाका
आभुषण बन्धकि राखेर।
यिनलाई के थाहा?
अस्तित्व लिलाम हुँदा
मृत्युबरण हुन्छ
न त पानीले धुन्छ ।

See More

No comments:

Post a Comment