जय शंकर शम् भो!
भाङ धतुरो कम् भो!!
गजल
किन किन मुटु दुख्यो, शिब जस्तै गाँजा खाएँ!
मन मुटु सबै मेरो, पुरै कस्दै गाँजा खाएँ!!
...
हो मलाई थाहा थियो, सबै यि बिकृती थिए!
डाहा भयो आँखा चिम्लेँ, मिल्यो सस्तै गाँजा खाएँ!!
स्वार्थमा दुनिया गयो, कस्ले भन्छ कठैबरा?
पीडा बल्झ्यो छाती भित्र, आज मस्तै गाँजा खाएँ!!
ईमान्दारी बिक्री भयो, न आफ्नो इज्जत रह्यो!
आँशु बह्यो आँखा बाट,थ्याच्च बस्दै गाँजा खाएँ!!
प्रित माथी घात गर्यौ, सोझो मन डढी गयो!
मानबता बाट तल, यहाँ खस्दै गाँजा खाएँ!!
भाङ्ले पनि छुँदै छो'न, मेटाउन बिडम्बना!
श्रीखण्ड चन्दन सबै, मैले घस्दै गाँजा खाएँ!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment