आधुनिक गजल रे!
फटाहाहरुकै, एकल भलो भो!
दलाल बस्ने यो, उद्गम थलो भो!!
शिक्षित युवाले, पाएन जागिर!
नेपाल छोडेर, बिदेश चलो भो!!
...
जल सम्पदामा, बिश्वमै गनिन्छ!
अँध्यारो अड्कने, बिजुली गलो भो!!
कानुनी राज्यको, बिचार पोखिन्छ!
भ्रष्टलाई सत्ता, अड्कौने बलो भो!!
मोडेल बन्नेको, ठूलै छ भिड याँ!
अश्लिल यौनको, ब्यापार ढलो भो!!
नायिका कथाले, मागेको दिन्छिन् रे!
चलचित्र हेर्ने, निर्जीब हलो भो!!
स्माईल नियाल्छ, राष्ट्रको अवस्था!
अपराध बढ्यो, उदण्ड खलो भो !!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment