Saturday 30 August 2014

गजल जस्तै

कसले भन्छ मन्त्रि चुकेको छैन?
कानुन लेख्न बर्षौँ रुकेको छैन?

युद्धका हिमायति कारिन्दाहरु॥
माओका नारा बोकि घुकेको छैन?

बन्दुक गोलि बाट निमुखा मर्दा॥
आपसि रक्त आल सुकेको छैन॥...

बिगार्छ काम काज नेताले यहाँ॥
नेपाल बासि जन झुकेको छैन?

बिचार राजनिती हरायो उस्को॥
भारत जाँदै धेरै ढुकेको छैन?

हिमाल हुँदै झर्ने नदिले कतै॥
यथार्थ खोज काहिँ सुकेको छैन॥

नांगेर आधुनिक नारीले खोजी॥
यस्तै हो भने किन थुकेको छैन?

सत्यता बोल्दै हुन्छ स्माईल सँधै॥
यथार्थ हो यो गफ फुकेको छैन॥


No comments:

Post a Comment