कबितांश- "फेब्रुअरि 24 पछी"
उनलाई आभुषणले सिंगारिएला
मलाई कात्रोले
फरक यत्ति हो
जहाँ अस्तित्व सकेर
भष्म लेपन गरेको हुन्छ
दुशाहसका कालरात्रिले।...
मायाको अवशेष पनि
जल्दै हुन्छ
बल्दै हुन्छ
उत्तरदायित्व भुलेर आहुति दिन
ता कि
स्वप्न बगैँचामा
अमेरिकि ढुकुटि रित्तिएपछी
यौवनको कामुकता
डलरमा लिलाम हुनेछ।
बर्ग एउटै थियो
शोषित पिडित
तर
अमेरिका नपुग्दै
नब सामन्तका बिल्ला भिरेका
आरिषे अभिलाशा
सच्चा नेपाली युवकलाई
बलि चढाउन
24 फेब्रुअरि कुरेकै जस्तो छ
मायाको बिक्रि सस्तो छ।
बेकरि किनेर
टिस्यु पेपर
डस्टबिनमा हालेको जसरि
कसम र वाधाका पोकाहरु
लाखौँ पटक डकारेर
डलरको आयोडिन र प्रोटिनसँगै
सिलबन्धिको ब्यापार शुरु गर्नेछ
मेरो प्राणले आँखा तर्नेछ।
रंगिन बनाउ जीवनहरु
मेरो लाश सँगै
भोजको गाँस सँगै
हनिमुन मनाएर
पह्रिचान जनाएर
सक्दै
बक्दै।
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment