Saturday 30 August 2014

उ बदलिन्छ

उ बदलिन्छ
समय बदलिन्छ
यथार्थ धरातल बदलिन्छ
लमतान्न तराई बदलिन्छ
अबुझ पराई बदलिन्छ ।
...
नारीले उसलाई खेलाएपछी
अंग अंग केलाएपछी
नारीप्रति आक्रोश मात्रै भाको हो
तर
उसको हरेक सोच बदलिएको छ।

सके जित्न
नसके काँथर बनेर
हार ब्यहोर्न
जीन्दगिका क्षति ब्यहोर्न
मृत्युपछी
श्रद्दाञ्जलीको श्रद्धा ब्यहोर्न
उ एक्लै छ।

साथ खोजिरहेको छ
तैपनी
उसैको जीउँदै क्रियाकाज गर्नेको
भिड बढेको छ
स्वार्थि चिँढ बढेको छ
उसको सपनामा भाँजो हाल्दै
बकम्फुसे
भावना बदलिएको छ
त्यसैले
उसको आकासमा
बादल मडारिँदै गयो
भबिष्य बडारिँदै गयो।

No comments:

Post a Comment