Saturday 30 August 2014

प्रतिक्षा लम्बियो

सदियौँ देखि मनको चैन उडेछ॥
हृदय मन मष्तिक पुर्ण कुडेछ॥

प्रतिक्षा गर्दै महिना बर्ष बित्दै गो॥
प्राणको टुक्रा अन्यत्र गई चुँडेछ॥...

नियाल्दै होलिन् पराई देश बसेर॥
आशको पल यूरोप हुँदै गुडेछ॥

साँझमा दुख्छ चसक्क कुना कुनामा॥
सम्झना प्रेमी यादको झोक्का डुँडेछ॥

प्रेषित पत्र सन्देश धुलो लागेर॥
फाटेर शब्द चित्रण सबै खुँडेछ ॥


</ div>

No comments:

Post a Comment