Thursday 28 August 2014

गजल

सुर्यको किरणमा रंग धेरै हुन्छ|
झुल्किन्छ प्रभातमा ढंग धेरै हुन्छ||

समय रोकिँदैन बगि र'न्छ सँधैँ|
जानेर अघि बढे दंग धेरै हुन्छ||
...
प्रत्येक ब्यक्ति पिच्छे सोच भिन्न हुँदा|
मिल्दैन मनोभाब भंग धेरै हुन्छ||

भिरेर छोटो लुगा आधुनिक ठान्यौ|
कपडा थोरै तर अंग धेरै हुन्छ||

प्रितमा जीन्दगानी प्रिय बन्न सक्छ|
घमण्ड बढ्यो कि त जंग धेरै हुन्छ ||


No comments:

Post a Comment