Thursday 28 August 2014

गजल



स्वयं हरायौँ, रमाईलो गरायौ|
हाँसे दुनिया, आफ्नो मान्न डरायौ||

प्राण पखेरु, सति गए मेरो त|
दिन भाकेर, झुटो जाल छरायौ||
...
जुन घामकै, गर्यौ ठूलो प्रशंसा|
आफ्नो दिमाग, दश ठाउँ चरायौ||

खोला खहरे, जस्तै भयो बयान|
बाढी आए झैँ, लवजमा करायौ||

भोक बिलासी, कमाएरै डलर|
सुख-सुबिधा, मात्रै मन परायौ||

माया प्रेमको कहानी छ अपार|
काटी कलेजी, रिस राग भरायौ||


No comments:

Post a Comment