Saturday, 30 August 2014

समयमै सोच!

जिन्दगी बिताउन छान्दै हिँड्छौ भने॥
नजरै नजरले हान्दै हिँड्छौ भने॥

भोलिको सोच्न थाले हुन्छ है त प्रिया!
मुहार ह्यान्डसम ठान्दै हिँड्छौ भने॥
...
जवानी क्षणभर मात्र हुन्छ बुझ!
देखेका नौजवान तान्दै हिँड्छौ भने॥

एकता अनेकता भन्छन् किन मान्छे?
एउटै धेरै हुन्छ बान्दै हिँड्छौ भने॥

देखाई भ्रम हुन्छ गहिराई जाउ॥
झुटका कोसेलिले धान्दै हिँड्छौ भने॥


No comments:

Post a Comment