Saturday, 30 August 2014

गजल

तडक र भडकमा वास्तविक हुँदैन॥
देखावटि सुन्दरता सान्दर्भिक हुँदैन॥

सुन्दर त्यो शहरको पीडाहरु अति छन्॥
स्वार्थ हुन्छ अत्याधिक मानबिक हुँदैन॥
...
दुलहि बन्दैछिन् रे अकास्मात् उनी याँ॥
ढाँटेर माया प्रेम अलौकिक हुँदैन॥

लडेर नै लिनु पर्छ अधिकार इज्जत॥
मुखमा ति खुवाउने दया भिक हुँदैन॥

नाड्गिदैछन् पश्चिमेली पहिरनमा युवति॥
अर्ध नग्न पोषाकमा आधुनिक हुँदैन॥

राजनिती गर्न नजान्ने लठक बुढा हो!
सरकार बन्या छैन संबैधानिक हुँदैन॥

स्वतन्त्र थे लेखक र पत्रकार बिद्धान॥
स्वार्थ गाँसे पार्टी छिरी बैधानिक हुँदैन॥

सुस्ता लुट्दा चुप छैन लेखक यो स्माईल॥
भारतिय मिचाई स्वभाबिक हुँदैन॥


No comments:

Post a Comment