Saturday 30 August 2014

गदा बुद्धिमान कि गुरु?

लेखक छन् पार्टीको झण्डा मुनी॥
साहित्य पद र अंश बण्डा मुनी॥

डाक्टरहरु अछुतो छैनन् यहाँ॥
नेताका यि गुलामी फण्डा मुनी॥
...
पत्रकार बन्धुले पार्टी थाम्यो॥
सभासद दलिय डण्डा मुनी॥

कबिता र गजल लेख्नेहरु॥
लालचका मिठास ठण्डा मुनी॥

शिक्षकले पढान नेता बन्यो॥
दलालका पारखी हण्डा मुनी॥

ब्यंग्य लेख्छ स्माईल ठाउँ ठाउँ॥
भारतिय मिचाई रण्डा मुनी॥

फण्डा- पासा तथ गैह्र खेल
हण्डा- कसौँडी जस्तै भाँडो


No comments:

Post a Comment