पिरै पिर?
कता हराए बिगतहरु?
बीर बिरता तागतहरु॥
अर्थ बिहिन बाँचि रहँदा॥
उम्ली रहन्छ रगतहरु॥
...
मन्त्रि बनेसी भुल्यो उसले॥
गाउँ घरका स्वागतहरु॥
खाद्य मलको ठूलै संकट॥
मात्र भाषण फगतहरु॥
यौन उमंग चार्दै युवती॥
धाए दुनीया जगतहरु॥
पर्छ योजना परियोजना॥
खल्ति छिर्दैछ लागतहरु॥
च्यात्न स्माईल सोचि रहन्छ॥
सन्धि सम्झौता कागतहरु॥
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment