आदर्शको खेती
भावना भित्र
फकाउँदै
फुल्याउँदै
निर्धक्क स्वभिमान लुट्न
आदर्शको खेती गरी।
...
चलायमान दुनिया भित्र
ब्लाकमेल गर्ने ऐना देखाएर
हिमचुली झैँ चुलेका
नेपाली ईज्जतहरु
लिलाम हुँदैछन्।
सौभाग्यमा दुशाहस बनेका
भ्रमित तत्वहरु
मानबताको छिद्रताबाट पसेर
लज्जाष्पद यौन नृत्य गर्दै
आधुनिकतामा बिकेर
चेलीका कौमार्य
ब्यापार हुँदैछ।
सहायद
डलरका पादरीहरु
मानबता सकेर
मनोरञ्जन लिन
अझै
झुटा पाँसा फ्याँक्लान्
नेपालीहरु नै ताक्लान्
जसको
मन नै खोट छ भने
डलरकै बोट छ भने
तिमीहरु
झुटा आदर्शको खेती गर
सोझा मान्छेको ईज्जत हर।
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment