Saturday, 30 August 2014

गजल

जन्तालाई संबिधान ऐन चाईयो!!
उदण्डता मच्चाउन कहाँ पाईयो?

अफिसमा युवतिका हुने गर्छन्!!
मेकअप सामाग्री र ऐना काँइयो!!
...
लेखहरु छ्यापछ्यापि निस्के हेर्नुहोस्!!
भ्रष्टचारी जाली फटाहा सबै दाईयो!!

गरिब भो परिवार टन्नै पढाउन!!
छात्रबृत्ति माग्दै मन्त्रालय धाईयो!!

अधिकार स्वतन्त्रता प्रेमी भन्छन्!!
प्रहरिका लाठीहरु अति खाईयो!!

राजनिती भित्र बिके कबि लेखक!!
बुद्धिजिबी भनी भनी मुख बाइयो!!

बिद्रोहका भाका रच्ने स्रष्टा भन्दैथे!!
जनताका आवाजमा गित गाईयो!!

स्माईल झैँ ब्यंग्य लेख्नेहरु थाक्दैनन्!!
बोले- "मेची हुँदै महाँकाली आईयो"!!


No comments:

Post a Comment