गजल
दुई बर्ष बित्यो, अझै कति मान खोज्छौ?
आफ्नै मुटु फ्याँकि, किन तिमी शान खोज्छौ?
रुँदा रुँदै बसेँ, बिते कैँयौँ साल पनि!!
सोध्न पनि भुल्यौ, मात्र आफैँ दान खोज्छौँ!!
...
कति माया गरेँ, याद छैन कि त तिम्रो?
सैँयौ जुनी बाँच्छु, भन्यौ तर थान खौज्छौ!!
पिडा हुन्छ धेरै, तिमी टाढा हुँदा खेरी!!
बल्झि दिन्छ छाती, चोट माथी भान खोज्छौ!!
सुन्नु पर्छ शब्द, गाउँ घर हल्ला भयो !!
मृत्यु कुर्यौ मेरै! लास बाँध्ने तान खोज्छौ!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment