Thursday 28 August 2014

गजल

जुन भित्र तारा छ, धर्ति आकाश अनि सारा छ|
प्रेमको अर्थ जान,हेर्दा दे'खौटी राख्या चारा छ||

कोहि पागल बने, कोहि अँध्यारो भित्र हराए|
सबैको राय भिन्नै,आफ्नै खालको पारा छ||
...
पहाड होस् तराई, प्राय: जटिल हिमाल हुन्छ |
फरक यसरि छ, उच्च जुम्ला र बारा छ||

जान्नेलाई श्रृखण्ड, नजान्नेलाई खुर्पाको बिँड|
गहिरिएर सोच, पक्कै बगेको त्यहाँ धारा छ||

शाब्दिक अर्थ खोज, हिम श्रृंखला भित्र पसेर |
कसैलाई सुन्दर त्यो, फेवा बेगनाश र रारा छ ||


No comments:

Post a Comment