Thursday 28 August 2014

गजल

महंगी बढ्यो, आकाश गड्यो, आन्दोलनका कुरा|
माओका नारा, लगाई सड्यो, आन्दोलनका कुरा||

संबैधानिक, प्रणाली लाई, बिकसित गर्छ रे|
भाषण छाँट्यो, मिठास जड्यो, आन्दोलनका कुरा||
...
लोड्सेडिङ् भयो, चोबिसै घण्टा, जलस्रोत खेर गो|
प्राधिकरण, निस्फिक्रि हड्यो, आन्दोलनका कुरा||

मोडल बन्न, नाङ्गिने बाजी, मार्न भनि उसले|
इन्चकै मात्र, कपडा धड्यो, आन्दोलनका कुरा||

अस्थाई शिक्षक्, नियुक्ति गरी, लोकसेवा अन्जान् भो|
निर्बाचन् गर्न, आयोग बड्यो, आन्दोलनको कुरा||

स्माईल सुन्दै, वाक्क छ आज, दिक्क लाग्दो पाराले|
कानुन भनि, सरकार् लड्यो , आन्दोलनको कुरा||

-स्माईल गजुरेल, हेलम्बु, मेलम्चि, सिन्धुपाल्चोक, नेपाल


No comments:

Post a Comment