Thursday 28 August 2014

गजल

थाकेको छैन लड्ने हिम्मत छ म सँग|
थकान झेली बढ्ने हिम्मत छ म सँग||

अन्तिम श्वास फेरी रहाँदा पनि यहाँ|
प्राणत्व पुन: जड्ने हिम्मत छ म सँग||
...
सखाप पारी तिनै दुश्मन हरु सबै|
मेघ झैँ गर्जि गड्ने हिम्मत छ म सँग||

कायर छैन कोही नेपाली जन हरु|
रहँदा ज्यान खड्ने हिम्मत छ म सँग||

मानब मन मुटु पसेर संसारमा|
मित्रवत् पुर्ण ठड्ने हिम्मत छ म सँग||

कायर रै'न काहीँ कदापी हेर तिमी|
शिखर स्वयं चढ्ने हिम्मत छ म सँग||

स्माईल सब्को मान ईज्जत रक्षा गर्छ|
फटाहा जति धड्ने हिम्मत छ म सँग||


No comments:

Post a Comment