Saturday 30 August 2014

गजल

अमेरिका पुगेरै हो कि! बिर्सि सकि खोलि!!
अचम्म भो लौ न! उसले, अंग्रेजीमा बोली!!

नेपालीको छोरो हो भन्ने, थाहा हुँदा हुँदै!!
पुरानै त्यो नम्बरबाट, फोन लाई गोली!!
...
सम्बन्धमा प्रेमको पासा, फ्याँकि कन ठुला!!
करतुत जीवन लुट्ने, भित्री बह घोली!!

छाडीसकि पोषाक आफ्नै, लाई दुई ईन्चि!!
बिबाहमा मात्रै हो उस्ले, लगाउने चोली!!

सुन्दै छु म अपरझट, बिहे हुँदै छ रे!!
फेब्रुवरी चौबिस पछी, उठ्छ भन्छन् डोली!!

नातेदार आफन्त सबै, मिली जुली उस्को!!
लह-लहै गर्दैमा ठिक्क, लगाएर लोली!!

सरापेर जिउँदै क्रिया, काज गर्न भनी!!
भोज डाकी भतेर खाँदै, रमाउँदै हो लि!!


No comments:

Post a Comment