Thursday 28 August 2014

गजल



एउटा लेखक यसरी पड्कियो|
गजल लेख्छ रे बिचमै अड्कियो||

महान बिद्धान ठानेर स्वयं त्यो|
घमण्डी बेगले समुन्द्र फड्कियो||
...
दार्शनिक् जसरी सिकायो मजाले|
टाङ न पुच्छर भाबार्थ रड्कियो||

हावामा टेकेर यात्रामा चलेछ |
गरेर दे'खान समस्या खड्कियो ||

ब्यंग्यको नमुना बन्ने छ स्माईल|
तातेर पहाड चट्टान छड्कियो||


No comments:

Post a Comment