Saturday 30 August 2014

गजल

जन्मन्छ अनि मर्छ मान्छे!!
उकाली चढ्दै झर्छ मान्छे!!

अस्तित्व पह्रिचान राख्न!!
त्राशले हो कि डर्छ मान्छे!!
...
पुर्खाको बिर गाथा छुँदै!!
स्वप्निल कार्य गर्छ मान्छे!!

खुकुरी आफैँ बोल्दछ याँ!!
दुस्मन हरु धर्छ मान्छे!!

नेपाली स्वयं प्रतिष्ठा छ!!
सभ्यता रोपि सर्छ मान्छे!!

स्माईल जस्तै लेख लेख्दै!!
बैतर्नी आफैँ तर्छ मान्छे!!


No comments:

Post a Comment