त्रिचन्द्र कलेज
बिद्यार्थीहरु अस्त ब्यस्त छन् त्रिचन्द्र कलेजमा!!
रोमान्सकारी स्वयं मस्त छन् त्रिचन्द्र कलेजमा!!
केमेस्ट्रि कक्षा चल्दै गर्दा हो हल्लामा बिद्यार्थी छन्!!
स्वबियु हाना हान त्रस्त छन् त्रिचन्द्र कलेजमा!!
...
शौचालयमा गन्ध बढ्यो छैन कुनै सफाई याँ!!
दुर्गन्ध फैली फैली खस्त छन् त्रिचन्द्र कलेजमा!!
सरकारको बजेटमा फर्जी बिल बनाईन्छ!!
सेवा सुबिधा भनि घस्त छन् त्रिचन्द्र कलेजमा!!
सुगा रटाई पारा हुन्छ नोट मात्र लेखाईन्छ!!
अनुशासन हिन पस्त छन् त्रिचन्द्र कलेजमा!!
ब्यवस्थापन फितलो छ छैन कुनै नयाँ पन!!
प्रयोगशाला पुरै डस्त छन् त्रिचन्द्र कलेजमा!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment