Saturday 30 August 2014

गजल

दलालहरुको गुट छ हेर्नुहोस्!!
जताततै यहाँ झुट छ हेर्नुहोस्!!

एउटै पार्टीमा बिवाद बढ्दै गयो!!
भाग बण्डा नमिल्दा फुट छ हेर्नुहोस्!!
...
दैनिकी हप्ता र मासिक लिँदै हिँड्छ!!
डन भन्दै सिधा कुट छ हेर्नुहोस्!!

गाउँका किसान रुँदैथे महंगिले!!
मन्त्रि र ब्यापरी जुट छ हेर्नुहोस्!!

कानुनको खिल्ली गरेर न्याय बोल्छ!!
प्रहरीले आफैँ लुट छ हेर्नुहोस्


No comments:

Post a Comment