Thursday 28 August 2014

गजल('प्रवासका अक्षरहरु' रदिफबाट)



जल्दा बल्दा ज्वाजल्यमान छन् प्रवासका अक्षरहरु|
उहि पीडा सबै समान छन् प्रवासका अक्षरहरु||

घर खेती तमसुकमा राखी धनको निम्ती बिदेसिए|
आमा बाबा त्यहाँ जमान छन् प्रवासका अक्षरहरु||
...
कतै मृत्यु कतै रोदन चोट मात्रको त्याँ भकारी छ|
सुन्दा आफ्ना देख्दा बे'मान छन् प्रवासका अक्षरहरु||

गाउँ पुरै रुवाबासी भयो बाटो हेरि महिना जान्छ|
घर जाने न त बिमान छन् प्रवासका अक्षरहरु||


No comments:

Post a Comment