संबिधान सभाको चुनाब सकिएको तिन महिना भो। पहिलो संबिधान सभाको बैठक राख्न पनि प्रधानमन्त्रि र राष्ट्रपतिमा बिवाद भयो। अझै सम्म सरकार बनाउन नसक्ने नेपाली राजनीति पार्टीका नेताहरुले कसरि संबिधान बनाउलान् त? जन गुनासो बढ्दै छ।
जसले राजनिती गर्न जानेन, कसरि भयो नेता?
अहिले सम्म सरकार छानेन, कसरि भयो नेता?
सकियो संबिधान सभा चुनाब, महिना दुई भयो॥
जनता सर...्ब सत्ता सम्पन्न ठानेन, कसरि भयो नेता?
मुछिन्छ खिचातानी सभा बैठक, पहिलो सभासद्को॥
सर्बोच्च अदालत मात्रै तानेन, कसरि भयो नेता?
कानुन बनाउने छाँट देख्दिन, सत्ताकै लिप्त मात्रै॥
बिजेता बनाऊँदा पनि धानेन, कसरि भयो नेता?
उदण्ड गगनमा काला बादल जसरि मडारिँदै छ॥
राष्ट्रको हित गर्न उसले मानेन, कसरि भयो नेता?
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment