Saturday 30 August 2014

लौ न! आज के भो?

आज कता कता छटपटी भयो॥
सोचे जस्तै नयाँ चटपटी भयो॥

त्यति धपेडी त छैन देख्ने हो भने॥
मुटु छिया छिया पटपटी भयो॥
...
घोर्लेँ एक्लै सोच्दै मनभरी मैले॥
चाँडै सक्ने निधो झटपटी भयो॥

तिर्खा हो न भोक लाग्या जस्तो पो हो॥
कहाँ जाउँ के गरुँ फटफटी भयो॥


No comments:

Post a Comment