गजल
(संरचना-9/4, बिश्राम-चारौँ अक्षरमा र नौ अक्षरमा)
समयको पल पलको महत्व छ।
थोपा थोपा झर्या जलको महत्व छ॥
ससुराले छोरी नदिँदा उस्ले भन्यो।
...
प्रेम भित्र पनि छलको महत्व छ॥
नारीहरु आधा बस्त्रमा हिँड्दै छन् रे।
त्यो अस्मिता छोप्ने सलको महत्व छ॥
गृहमन्त्रि वाद बिवाद्मा नेता लागे।
संबिधान बन्ने हलको महत्व छ॥
खानेपानी छैन शहर भित्र यहाँ।
प्रदुषण रोक्न ढलको महत्व छ॥
स्माईलले एक निर्णय गर्यो फेरी।
बुद्धिजिबी ज्ञानी दलको महत्व छ॥
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Thursday, 28 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment