Thursday 28 August 2014

गजल

(संरचना-6/4, बिश्राम- चौथो र छैठौँ अक्षरमा)

करतुत भित्र कालो हुन्छ।
भ्रमद्वारा बाँध्या टालो हुन्छ॥

आगमन भाकी झुक्याउँदा। ...
अर्को चोटी उस्को पालो हुन्छ॥

आधुनिक भन्छन् नाङ्गै हिड्छन्।
लाज ढाक्ने एक जालो हुन्छ॥

श्रीमानको दुख: नबुझेर।
श्रीमतिको हात्मा बालो हुन्छ॥

लोडसेडिङ् बढ्यो अन्ध्यारो भो।
प्राधिकरण् धान्ने सालो हुन्छ॥

कौमार्यता गुम्यो युवतिका।
पतेराले चुस्या गालो हुन्छ॥


No comments:

Post a Comment