Thursday 28 August 2014

गजल

(संरचना-10\7 , बिश्राम- पाँचौँ अक्षर र दशौँ अक्षरमा)

गाउँ गाउँमा रुवाबासी छ सरकार मौन छ।
भत्ता दैनिकी धनरासी छ सरकार मौन छ॥

हेर अपांग नेत्रबिहीन हुनेहरु पनि याँ। ...
दुख: पाएर रुघा खाँसी छ सरकार मौन छ॥

बाटो-बाटोमा नारीहरुका अस्मिता नै लुटिन्छ।
चेली बेचिन्छ ऐन हाँसी छ सरकार मौन छ॥

हुन्छ बलत्कार् एयरपोर्ट भित्र बाट आउँदा।
सेना पुलीस सबै टाँसी छ सरकार मौन छ॥

किन रेटियो घाँटी पैसामा? तिमी भन नेपाली।
चोर डाँकाको राष्ट्र दासी छ सरकार मौन छ॥

फर्जी बजेट्मा बिल बनायो सबै अन्ध भक्त छन्।
न त छड्के र पारदर्सी छ सरकार मौन छ॥

किन स्माईल अचम्म भयो थाहा पाउनु भयो?
सब्को मनमा डर त्रासी छ सरकार मौन छ॥


No comments:

Post a Comment