Friday 6 March 2015

~~~गजल~~~

मानबता लुट्नेको जित हुँदो रहेछ ;
दुनियामा उसैको हित हुँदो रहेछ |

...

हतियार बनाई आफ्ना नाता लागेका ;
बेईज्जत गरौने मित हुँदो रहेछ |

अपराध जनक काम उच्च मानेमा ;
वास्तविक सोधाई गित हुँदो रहेछ |

सिधासाधा खेलौना किन माने तिनले ?
मनोरञ्जन एबम रित हुँदो रहेछ |

दार्हाकिटी सामन्ती चुस्छु भन्छ रगत ;
जीन्दगानी मेटौने धित हुँदो रहेछ |

आँशुझारी बिचरा रुँदै बोल्यो पीडाले ;
गरिबीमा बिजौने प्रित हुँदो रहेछ |

See More

No comments:

Post a Comment