Saturday 17 January 2015

गजल

माया गर्छु भन्लान् चरित्र लुट्नलाई;
सत्य मर्छु भन्लान् चरित्र लुट्नलाई!१!

...

छैन कुनै बिश्वाश आजका युवतीमा;
नाता पर्छु भन्लान् चरित्र लुट्नलाई!२!

आधा जिऊ छोपेर छर्लङ्ग देखाउँदै;
लुगा धर्छु भन्लान् चरित्र लुट्नलाई!३!

सात जन्म सदियौं साथमा बस्छुभनि;
सिन्दुर् भर्छु भन्लान् चरित्र लुट्नलाई!४!

बिश्व भरी नविन प्रितको किर्तिमानी;
आजै छर्छु भन्लान् चरित्र लुट्नलाई !५!

बुझ मेरो ईशारा काफीछ भेटगर्न;
आँखा तर्छु भन्लान् चरित्र लुट्नलाई!६!

See More

No comments:

Post a Comment