Thursday 28 August 2014

गजल

मरेकै त्यो दिन पारी डोली निकालेस्|
सुहागको रातो गुन्यु चोली निकालेस्||

ति सपना पुरा गर्न भनी तिमीले|
गहनाले सजाएको झोली निकालेस्||
...
पर्खाईमा राखी ज्यान जान्छ पक्कै नि|
रमझमी जन्ति द्धारा खोली निकालेस्||

परिवार रोला मर्यो छोरो भनेर|
समर्थित नाता गोता लोली निकालेस्||

घुम्ति भित्र रमाउली खुशी भएर|
यता मेरो मृत शब्को टोली निकालेस्||

दुख: दिनु अरुलाई ठान सौभाग्य|
रमाएर रंग छर्दै होली निकालेस्||


No comments:

Post a Comment