Thursday 28 August 2014

गजल



मलाई खरानी बनायौ, त्यसको पनी ब्यापार गर्यौ|
बे'मानी त्यो जात जनायौ, त्यसको पनी ब्यापार गर्यौ||

कसम खाएर के भो त? अंग्रेजी लप्का जवान अर्को|
हल्ला भो संसार गन्हायौ, त्यसको पनी ब्यापार गर्यौ||
...
सदियौँ देखिको बिश्वास, टुटेर गयो जीवन भरी|
असत्य सत्यमा भनायौ, त्यसको पनि ब्यापार गर्यौ||

लिलामी हुँदै गो ईज्जत, मानको धज्जि उडाई गयौ|
टाङ् न पुच्छर कनायौ, त्यसको पनि ब्यापार गर्यौ||

ओरालो लागेको स्माईल, चढ्नेछ अग्लो शिखर माथी|
जसरी भतेर मनायौ, त्यसको पनि ब्यापार गर्यौ| |


No comments:

Post a Comment