Saturday 30 August 2014

गजल

अरबी आगो गाउँमा देखौँ।
गरीबी पीडा घाउमा देखौँ॥

मुखिया बाको धरौटि तिर्न।
ऋण र ब्याज साउँमा देखौँ॥
...
बिदेशी देश दु:ख छ अती।
गर्मीको नया दाउमा देखौँ॥

रोएरै आमा बसिछिन् भन्छन्।
सन्तान प्रेमी बाउमा देखौँ॥

चोटमै बित्छ जीवन मेरो।
गन्तब्य तार्ने नाउमा देखौँ॥


No comments:

Post a Comment