Saturday 30 August 2014

गजल

झुट बोल्नेको, संसार छ यहाँ!
खोटो दर्शन, बिचार छ यहाँ!!

भन्न त भने, चन्द्रमा नै छुन्छु!
हल्लि खल्लीको, आधार छ यहाँ!!
...
आफैँ गजल, सिर्जना गर्यो रे!
हेर्दै जाँदा त, साभार छ यहाँ!!

हेर! कसैले, केहि नि गर्दैन!!
बिग्र्या र भत्क्या सरकार छ यहाँ!!

मात्र तस्बिर, बदलिन्छ होला!
ऐन कानुन्को प्रचार छ यहाँ!!


No comments:

Post a Comment