Thursday 28 August 2014

गजल



नदी र खोलाको चाप भिन्न हुन्छ|
भुकम्प पिच्छेको काँप भिन्न हुन्छ||

लवज मधुर हुँदा मिठो बोल्छ|
प्रिय नठान माप भिन्न हुन्छ||
...
हात्तिले लम्कन्छ स्याल उफ्रि हिँड्छ|
घोडाको दौडाई टाप भिन्न हुन्छ||

मानिस जन्मन्छ मर्छ धर्ती माथी|
उसले राखेको छाप भिन्न हुन्छ||

मिलेको बस्त्रमा पक्कै सहि लाग्छ|
नाङ्गिने चेलिको नाप भिन्न हुन्छ||

नेतामा निहित र'न्छ देश पनि|
दलाली हरुका पाप भिन्न हुन्छ||

स्माईल तथ्याङ्क खोजि राख्दै जान्छ|
गोमन या नाग साँप भिन्न हुन्छ||


No comments:

Post a Comment