Thursday 28 August 2014

गिती गजल

बलेसी झैँ धारा लाग्यो आँखाबाट आँशु आज|
निर्मोहिले थला पार्यो आँखाबाट आँशु आज||

बाँचुँ जस्तो मनै छैन किन भयो यस्तो कुन्नी?
तपतपी बर्षा आयो आँखाबाट आँशु आज||
...
निसन्देह दुख्यो मन अंग अंग चोट बढ्यो|
जीउँदै याँ लाश छायो आँखाबाट आँशु आज||

भन्नु मेरो केही छैन म मरेरै जान्छु बरु|
तड्पाईमा याद धायो आँखाबाट आँशु आज||


No comments:

Post a Comment