लघुकथा -सम्झौता
बालकृष्ण गजुरेल
"सबैलाई नमस्ते छ है ।" सरिताले कोठाको ढोका बाटै स्वस्ति गरि । कपाल हातले चलाइ । मुसुक्क हाँसेर कुर्सीमा बसि । सामुन्नेमा रामेश बसेको थियो । बिहेको कुरा गर्न रामेशलाई बोलाइएको थियो । रामेशले पनि तलदेखी माथी सम्म नियाल्यो । डिग्री पास गरेको मान्छे अाफैँमा शिक्षित । हँसिलो मुहार , ठाडो शिर ....।
...सरिताको बा धनाड्य थिए । उनको व्यापार थियो । हरेक शब्द र वाक्यमा पैसाको ठर्रो गन्ध निस्कन्थ्यो । मानौँ, पैसा उनको पुजा थियो । पैसा उनको जीन्दगी थियो । पैसा उनको भगवान थियो । पैसा उनका नातेदार थिए । पढेको रामेशको कुरो अाएपछि डटेर पछि परेका थिए । उनले मुख खोले -"हजुरलाई मेरो छोरी कस्तो लाग्यो ? ठिक छ भने बिहेको कुरो छिनौँ ।" रामेश एकछिन शान्त बस्यो । बा पटि नजर लगायो । मामा पटि नजर लगायो । सबैको नजर हुन्छ भनेर बोलिरहेका थिए । "हजुर हुन्छ नि । हामी गाउँका मान्छे परेम । शहरमा घर घँडेरी छैन । सिधा काम गरेर हजुरको छोरी पाल्न सक्छु ।" उसको जवाफमा कुनै कपट थिएन । बिहे तोकियो । बाजा बजाएर धुमधाम बिहे भयो ।
बिहे पछि रामेश छ महिना बेरोजगारी भयो । उ चिन्तित भयो । चिन्ताले उसको खुशी निल्यो । सपना निल्यो । अास्था र बिस्वासहरु निल्यो । शशुराली गयो खाली पैसाको मात्र कुरा गर्ने । सन्चो बिसन्चो पनि नसोध्ने । यति र उति पैसाकै मात्र चर्चा गर्ने । रामेश वाक्क भयो । सरिताले पनि कहिले रानी हार भन्न थालि। कहिले टेलि सिरियलका मोडलले लगाएका जस्ता कपडा । बिचरा ! रामेश , हावु काबु भयो । हरेक पटक श्रीमती बाटै अपमानित भयो । सरितासँग सम्बन्ध गाँसिएन । पारिवारिक माया र अास्थाहरु गाँसिएन । पैसा प्रेम र हेपाइले उसको जीवन एक सम्झौता बन्न पुग्यो । सम्झौतामा बाँच्नु छ उसलाई । थाहा छैन भोलि सम्झौता तोडिने दिन । तहि पनि अाँशु पिएर बाँच्नु छ उसलाई , अन्तिम श्वास सम्म । सहायद श्वास रोकिन सक्छ कुनै दिन ।
No comments:
Post a Comment