Wednesday 5 November 2014

गजल

अरु कल्पनामा, दौडन्छन्, म यथार्थमा गजल लेख्छु!
तथ्य वास्तविक घटना, अर्को भावार्थमा गजल लेख्छु!!

...

हुन्छ ब्यवा'रिक सत्यता, प्रयोगात्मक जीवन भित्र!
गरि मानबको कल्याण, चरितार्थमा गजल लेख्छु!!

भयो अचानक दुष्मनी, बस चालक र मुली बिच!
मरे अकालमा सज्जन, यहि अर्थमा गजल लेख्छु!!

बन्छ या बन्दैन कानुन, संबिधानको चर्चा भो ठूलो!
भाका राखे कठै! माघको, यिन्कै स्वार्थमा गजल लेख्छु!!

सार्क सम्मेलन गर्छन् रे! निकाशा ठूलो धनराशिको!
खोजि खर्च गर्या बिबरण्, स'योगार्थमा गजल लेख्छु !!

See More

No comments:

Post a Comment