Saturday 30 August 2014

उनकै प्रतिक्षामा

आउ समाल चल्ने जिवन रथ॥
दु:ख पिडामा जल्ने जिवन रथ॥

तिम्रै अभाब भई खड्कियो यता॥
गरि प्रतिक्षा गल्ने जिवन रथ॥...

रह्यौ नियाली ब्यथा दुरिमा बसि ॥
होस् गर यो टल्ने जिवन रथ॥

भयो प्रतिक्षा तिम्रै अनुगमनको॥
जुन तारा झैँ ढल्ने जिवन रथ॥

मार्ग दर्शन आफ्नै बनाउ प्रिया!
दाग लाग्ला है! बल्ने जीवन रथ॥

ठूलै भरोषा आशा बाँकि छ मेरो॥
लेउ सुम्पिन्छु छल्ने जिवन रथ॥

No comments:

Post a Comment